Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ

इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ


  • 1.5K
    Shares

    इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
    images

    काठमाडौं । विश्व बजारमा बुधबार कच्चा तेलको भाउ बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्न गरिएको समझदारीपत्र अब समाप्त भएको घोषणा गरेलगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको हो । यससँगै पश्चिम एशियाबाट हुने तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता पुनः बढेको छ ।

    उक्त दिनको कारोबारमा लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ ३ डलर ८२ सेन्टले बढेर प्रतिब्यारेल ७७ डलर ९८ सेन्टमा पुगेका छ । अघिल्लो दिन कोमेक्समा कारोबार बन्द हुँदाखेरिको तुलनामा यो ५ दशमलव १५ प्रतिशत धेरै हो । उता, न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई)को भाउ पनि ३ डलर ७० सेन्टले बढेर ७४ डलर १४ सेन्टमा उक्लिएको छ  । यो अघिल्लो दिनको तुलनामा ५ दशमलव २५ प्रतिशत धेरै हो । बुधबारको वृद्धिसँगै दुवै सूचकांक जुन २३ यताकै उच्च स्तरमा पुगेका छन् ।

    यसअघि मंगलबार पनि अमेरिकाले इरानी कच्चा तेल बिक्रीका लागि दिइएको सामान्य अनुमति (जनरल लाइसेन्स) रद्द गरेपछि तेलको मूल्य करिब ३ प्रतिशतले बढेको थियो । अंकारामा आयोजित नाटो शिखर सम्मेलनअघि ट्रम्पले अमेरिका र इजरायलले फेब्रुअरीमा इरानविरुद्ध सुरु गरेको युद्ध अन्त्य गर्न गरिएको अन्तरिम सम्झौता अब समाप्त भएको बताएका थिए । 

    अमेरिकी सेन्ट्रल कमान्ड (सेनटकम)का अनुसार, स्टेट अफ होर्मुज हुँदै गइरहेका तीनवटा व्यावसायिक जहाजमाथि भएको आक्रमणको जवाफस्वरूप अमेरिकाल  इरानमा नयाँ हवाई आक्रमण गरेको थियो । त्यसपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स ९आईआरजीसी०ले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य लक्ष्यहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।

     

    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - १५:५८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij