२०८२ माघ १४ गते बुधवार
काठमाडौं । पार्टीभित्रको विवाद र आफ्नै गुटभित्रको असन्तुष्टिका बीच जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष ओली सरकारमा सहभागी हुने भएको छ ।
राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागेको महन्थ पक्षका आठ मन्त्रीको शपथ आजै साँझ ६ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुनेछ ।
लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार, तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मिया युवा तथा खेलकुदमन्त्री बन्ने जसपा अध्यक्ष महन्थ ठाकुरले बताए।
यस्तै, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई र अनिल झा खानेपानी मन्त्र बन्ने भएका छन्।
यस्तै, चन्द्रकान्त चौधरी ऊर्जाराज्य मन्त्री र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री बन्नेछन्। उनीहरूले साँझ ६ बजे शपथ लिने तय भएको छ।
भर्खरै प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच मन्त्री र मन्त्रालयको टुङ्गो लागेपछि उनीहरुलाई शपथ खुवाउन लागिएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij