Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

यात्रु बोकेको भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

यात्रु बोकेको भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते


  • 1.1K
    Shares

    यात्रु बोकेको भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते
    images

    काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम) मा ईभी भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् । मंगलबार बर्दघाट नगरपालिका-४ तारेभिरमा बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बाप्र ०८-००१ ज ००९४ नम्बरको ईभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना.६ ख ३४६० नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन् ।

    प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा ३३ वर्षीय बद्री मगर,  २५ वर्षीय नेत्रलाल नेवा, भारतीय नागरिक ६५ वर्षीय जगदीश बिएल, ६५ वर्षीया यनु मगर, ४० वर्षीय रूप गुरुङ, माइक्रो सहचालक ३५ वर्षीय गोविन्द थापा र माइक्रोबस चालक४४ वर्षीय कृष्ण थापा रहेका छन् ।

    यस्तै, २१ वर्षीय किरण मुखिया, अर्का भारतीय नागरिक ६१ वर्षीय नन्जुण्डे गोडा र २८ वर्षीय प्रकाश भट्टराई पनि घाइते रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि देवदह मेडिकल कलेज, भलुही रिफर गरिएको छ । अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ ।

    दुवै सवारीसाधन घटनास्थलमै रहेको र राजमार्गमा सवारी आवागमन सहज रहेको प्रहरीले जनाएको छ । ट्रक चालक मकवानपुरको थाहा नगरपालिका– ११ का ३५ वर्षीय बुद्धिबहादुर ठोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

     

    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - १५:०७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij