२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार मंगलबार देशका प्रमुख क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने देखिएको छ। आज दिउँसो धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, पोखरा, काठमाडौं, ओखलढुङ्गा, जिरी र ताप्लेजुङमा वर्षा हुने सम्भावना ६० प्रतिशत रहेको छ।
यी सहरहरूका साथै डडेल्धुरा, दिपायल, जुम्ला, घोराही, धनकुटा, विराटनगर र धरानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने भएको छ। भैरहवा, सिमरा, जोमसोम र जनकपुरमा भने दिउँसो हल्का वर्षा मात्र हुने पूर्वानुमान गरिएको छ।
आज दिउँसो धनगढी र नेपालगञ्जमा सबैभन्दा बढी ३५ देखि ३७ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको छ। जोमसोममा सबैभन्दा कम २३ देखि २५ डिग्री सेल्सियस तापक्रम रहने छ भने देशको संघीय राजधानी काठमाडौैको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस रहनेछ।
आज रातिको मौसम पनि दिउँसोको जस्तै बदली रहनेछ। रातिको समयमा पोखरा, काठमाडौं, विराटनगर र ताप्लेजुङमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना ६० प्रतिशत छ। अन्य सहरहरूमा वर्षाको सम्भावना ४० प्रतिशत मात्र रहेको छ।
राति जोमसोम र जिरीमा हल्का वर्षा हुनेछ भने बाँकी सबै सहरमा मध्यम वर्षा हुने पूर्वानुमान छ। रातिको न्यूनतम तापक्रम जोमसोममा सबैभन्दा कम १४ देखि १६ डिग्री सेल्सियस रहनेछ। भैरहवा र जनकपुरमा रातिको न्यूनतम तापक्रम सबैभन्दा बढी २८ देखि ३० डिग्री सेल्सियस रहनेछ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij