Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

नागरिकतासम्बन्धी अध्यादेशविरुद्धका रिट ‘हेर्दा हेर्दैमा’, २७ जेठमा अर्को सुनुवाइ

नागरिकतासम्बन्धी अध्यादेशविरुद्धका रिट ‘हेर्दा हेर्दैमा’, २७ जेठमा अर्को सुनुवाइ


  • 4.5K
    Shares

    नागरिकतासम्बन्धी अध्यादेशविरुद्धका रिट ‘हेर्दा हेर्दैमा’, २७ जेठमा अर्को सुनुवाइ

    काठमाडौँ । नागरिकता अध्यादेशविरुद्धको रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सबै रिटमाथिको सुनुवाइ नसकिएपछि आगामी २७ गते गर्ने गरी हेर्दाहेर्दैमा राखिएको हो ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजै वरिष्ठताको आधारमा इजलास गठन गरेपछि सुनुवाइ शुरू भएको थियो । सरकारले ल्याएको अध्यादेशविरुद्ध ६ वटा रिट निवेदन परेका छन् । आज चार रिटको सुनुवाइ भएको छ भने दुई वटाको बाँकी रहेर हेर्दाहेर्दैमा गएको हो ।

    आज चार जना निवेदकका तर्फबाट बहस भएको छ । रिट निवेदकले अध्यादेश संविधानसँग बाझिएको भन्दै खारेज गर्न माग गरेका छन् ।

    प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई इजलासमा राखेका छन् ।

    यही ९ जेठमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी भएको थियो । उक्त अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ताहरू विष्णुकुमार गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टी लगायतले रिट दायर गरेका छन् ।

    प्रकाशित मिति :जेठ २१ २०७८ शुक्रवार - १५:१३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij