Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विपद्का घटनामा परी वैशाखयता १ सय ३६ जनाको मृत्यु, ६ सय बढी घाइते

विपद्का घटनामा परी वैशाखयता १ सय ३६ जनाको मृत्यु, ६ सय बढी घाइते


  • 1.8K
    Shares

    विपद्का घटनामा परी वैशाखयता १ सय ३६ जनाको मृत्यु, ६ सय बढी घाइते
    images

    काठमाडौं । वैशाख १ गतेदेखि असार २२ गतेसम्म देशभर भएका विभिन्न विपद्का घटनामा परी १ सय ३६ जनाको मृत्यु भएको छ । ६ सय ३५ जना घाइते भएका छन् । 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा ३ हजार ६ सय २३ परिवार प्रभावित भएका छन् । प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा धेरै सर्पदंशबाट २८ जनाको मृत्यु भएको छ भने ४ सय ४ जना घाइते भएका छन् । 

    त्यस्तै चट्याङ लागेर २१, लेक लागेर २१, आगलागीबाट १७, जनावरको आक्रमणबाट १६, हावाहुरीबाट १३, बाढी र पहिरोमा परी १४ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

    त्यस्तै भारी वर्षा, हिम पहिरो, वन डढेलो लगायतका अन्य विपद्का घटनामा परी थप ७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । 

    प्राधिकरणका अनुसार उक्त अवधिमा देशभर कुल ३ हजार २ सय ५१ वटा विपद्का घटना भएका छन् । प्राधिकरणले मनसुन सक्रिय रहेको अवस्थामा मौसमसम्बन्धी पूर्वसूचना पालना गर्न, जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन तथा विपद् सुरक्षा सम्बन्धी सरकारी निर्देशनको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

    प्रकाशित मिति :आषाढ २२ २०८३ सोमवार - १६:०८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij