Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

श्रीलंकाको कारागारमा झडप हुँदा १९ को मृत्यु, सय बढी घाइते

श्रीलंकाको कारागारमा झडप हुँदा १९ को मृत्यु, सय बढी घाइते


  • 1.5K
    Shares

    श्रीलंकाको कारागारमा झडप हुँदा १९ को मृत्यु, सय बढी घाइते
    images

    एजेन्सी । श्रीलंकाको राजधानी कोलम्बो नजिकैको एक कारागारभित्र झडप हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार यो झडमा १०० भन्दा बढी मानिस घाइते भएका छन् ।

    राजधानी कोलम्बोबाट करिब ३५ किलोमिटर उत्तरमा पर्ने नेगोम्बो कारागारमा आइतबारदेखि सुरु भएको झडप सोमबारसम्म पनि जारी रहेको थियो ।

    नेगोम्बो अस्पतालकी निर्देशक पुष्पा गमलाथले एएफपी समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार अस्पतालमा ४ जना सुरक्षाकर्मी र १५ जना कैदी गरी कुल १९ जनाको शव ल्याइएको छ ।

    अस्पतालमा १०० भन्दा बढी घाइते कैदीहरूलाई उपचारका लागि भर्ना गरिएको उनले बताइन् । प्रहरी प्रवक्ता चन्दना हेराथले कारागारमा झडप भएको र मानिसहरूको मृत्यु भएको पुष्टि गरे पनि थप विवरण भने दिएका छैनन् ।

    कडा सुरक्षा घेराभित्र रहने कारागारमा यति ठूलो झडप के कारणले भयो भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

    प्रकाशित मिति :आषाढ २२ २०८३ सोमवार - १५:३२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij