Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

जसपा आजै सरकारमा जाने, टुंगो लाग्यो मन्त्रालय र मन्त्रीको नाम

जसपा आजै सरकारमा जाने, टुंगो लाग्यो मन्त्रालय र मन्त्रीको नाम


  • 7.2K
    Shares

    जसपा आजै सरकारमा जाने, टुंगो लाग्यो मन्त्रालय र मन्त्रीको नाम

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा रहेको समूहका पाँच जना नेता आज मन्त्री बन्ने निश्चित भएको स्रोतको दाबी छ ।

    राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जान लागेको हो । जसअनुसार महतोले उपप्रधानमन्त्रीसहित वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी बहन गर्ने छन् ।

    यसैगरी, शरतसिंह भण्डारीले ‍उर्जा जलस्रोत तथा सिचाई, विमल श्रीवास्तवले खानेपानी मन्त्रालय, अनिल झाले शहरी विकास र उमाशंकर अरगरियाले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लिनेछन् ।

    अरगरिया भने आफूलाई दिएको जिम्मेवारीप्रति असन्तुष्ट रहेको स्रोतको भनाइ छ । आजै साँझसम्म उनीहरुले सपथग्रहण लिने पनि बताइएको छ ।

    प्रकाशित मिति :जेठ २१ २०७८ शुक्रवार - १४:३४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij