Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने


  • 1.8K
    Shares

    सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
    images

    काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ ।

    महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुभाषचन्द्र अर्यालले पत्राचार गरेर सेवानिवृत्त कर्मचारीको सुविधामध्ये उपदान, सञ्चित बिदा र औषधीउपचार बापत पाउने रकम भुक्तानी गर्नु/गराउनुहुन अनुरोध गरिएको बताए ।

    कार्यालयको यही असार १९ गतेको निर्णयअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (२) बमोजिम भुक्तानी निकासा गर्न/गराउन अख्तियारीको अवधि थप गरिएको लेखा अधिकृत अर्यालले जानकारी दिए ।

    यसअघि कार्यालयले असार २० गतेसम्म मात्रै भुक्तानी तथा निकासा गर्ने भने पनि केही समयको लागि अवधि बढाइएको जनाएको छ ।

     

     

    प्रकाशित मिति :आषाढ २० २०८३ शनिवार - १२:०३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij