Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अस्पतालबाट शव चोरी गरी पकाएर खाने व्यक्ति पक्राउ

अस्पतालबाट शव चोरी गरी पकाएर खाने व्यक्ति पक्राउ


  • 5.7K
    Shares

    अस्पतालबाट शव चोरी गरी पकाएर खाने व्यक्ति पक्राउ
    images

    काठमाडौं । हङ्गेरीको राष्ट्रिय अनुसन्धान ब्युरोले राजधानी बुडापेस्टबाट मानव शव तथा अङ्गहरूको अवैध ओसारपसार र भक्षणगरेको गम्भीर अभियोगमा ३० वर्षीय पुरुषलाई पक्राउ गरेको छ। अभियुक्तले आफ्नो घर तथा कार्यस्थलमा मानव शरीरका अङ्गहरू लुकाएर राखेको विशेष सूचनाका आधारमा प्रहरीले उनको आवासमा छापा मारेको थियो। 

    खानतलासीका क्रममा प्रहरीले उनको घरबाट मानव खप्परहरू, एउटा खुट्टा, एउटा हात, छालाबाट निर्मित मानव अनुहारको नमुना तथा सुटकेसभित्र राखिएका थुप्रै मानव हड्डीहरू बरामद गरेको छ। यसका साथै एउटा भाँडोमा सुरक्षित राखिएको मुटु जस्तो देखिने अङ्ग समेत फेला परेको र सो अङ्ग मानव वा जनावर केको हो भन्नेबारे फरेन्सिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरी केरकारका क्रममा अभियुक्तले आफूलाई मानव शरीर रचना विज्ञान र रोग विज्ञानमा विशेष रुचि भएकाले मानव अवशेषहरू संकलन गर्ने गरेको स्वीकार गरेका छन्। उनले बरामद भएका केही मानव अङ्गहरूलाई भान्सामा विभिन्न परिकार बनाएर खाने गरेको समेत दाबी गरेका छन्, जसको प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ।  

    हङ्गेरी र स्लोभाकियाका परित्यक्त मसानघाटहरू खनेर तथा अस्पतालमा काम गर्ने क्रममा उनले यी शव र अङ्गहरू सङ्कलन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले अभियुक्तका कम्प्युटर, ल्यापटप र मोबाइल फोन लगायतका डिजिटल उपकरणहरू जफत गरी बरामद मानव अवशेषहरूलाई विस्तृत फरेन्सिक जाँचका लागि प्रयोगशालामा पठाएको छ।   

    प्रकाशित मिति :आषाढ १८ २०८३ बिहिवार - १८:२४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij