Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

दक्षिण कोरियामा मृत फेला परेका धर्मराजका परिवारले पाए २३ लाख

दक्षिण कोरियामा मृत फेला परेका धर्मराजका परिवारले पाए २३ लाख


  • 1.4K
    Shares

    दक्षिण कोरियामा मृत फेला परेका धर्मराजका परिवारले पाए २३ लाख
    images

    काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा आफन्त गुमाएका खोटाङका एक परिवारले २३ लाख पाएका छन् । दक्षिण कोरियामा ज्यान गुमाएका खोटेहाङ गाउँपालिका-१ लिकुवापोखरीका धर्मराज तामाङको परिवारले आर्थिक सहायता तथा विमावापत २३ लाख पाएका हुन् ।

    मृतक परिवारले वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायतावापत १० लाख र बीमावापत १३ लाख पाएको खोटेहाङ गाउँपालिका अन्तरगत आप्रवासी स्रोत उपकेन्द्रका पराशर्मकर्ता युवराज कालिकोटेले बताएका छन् ।

    वैदेशिक रोजगारीका क्रममा २०८० मंसिर २६ गते दक्षिण कोरिया गएका तामाङको २०८२ मंसिर २२ गते मृत्यु भएको थियो । तामाङ झुण्डिएको अवस्थामा मृत फेला परेको आफन्तको भनाइ छ ।

    आर्थिक सहायता तथा बीमावापतको रकम दिलाइदिनका लागि मृतक परिवारले २०८२ पुस २४ गते आप्रवासी स्रोत उपकेन्द्रमा निवेदन दिएका थिए । असार १६ गते मृतक परिवारको खातामा आर्थिक सहायता तथा बीमावापतको रकम जम्मा भएको परामर्शकर्ता कालिकोटेले बताएका छन् ।

    मृतक धर्मराजका श्रीमती र एक छोरा छन् । छोरालाई छात्रवृत्तिका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने तयारी गरिएको छ । वैदेशिक रोजगारीका सिलसिलामा ज्यान गुमाएका तीन जनाको ६ जना बालबच्चालाई छात्रबृत्तिका लागि चालु आर्थिक वर्ष सिफारिस गरिसकिएको खोटेहाङ गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले बताएका छन् ।

    विदेशमा अभिभावक गुमाएका ४ वर्षदेखि १७ वर्ष उमेरका बालबच्चाले सरकारबाट छात्रबृत्ति पाउने व्यवस्था रहेको छ । 

    प्रकाशित मिति :आषाढ १८ २०८३ बिहिवार - ११:००:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij