Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

हुम्लाको स्याँडामा पहिलोपटक पुग्यो गाडी

हुम्लाको स्याँडामा पहिलोपटक पुग्यो गाडी


  • 1.0K
    Shares

    हुम्लाको स्याँडामा पहिलोपटक पुग्यो गाडी
    images

    काठमाडौं । हुम्लाको स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ । हुम्लाको सिमकोट गाउँपालिका–८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२\८३ मा स्याँडा याङ्गु सडक निर्माणमा एक करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि गाउँमै गाडी पुगेको हो ।

    यसअघि सिमकोटका सातवटै वडामा यातायातका साधन पुगिसकेका छन् । दुर्गम गाउँमा पहिलोपटक यातायात सेवा पुगेपछि स्थानीयवासी खुसी भएका छन् ।

    गाउँसम्म गाडी पुगेका दिन स्थानीयले फूलमाला, बाजागाजा र स्वागत कार्यक्रमको आयोजना गरेका थिए ।

    स्याँडा सडक सञ्चालनमा आएपछि खाद्यान्न, निर्माण सामग्री, औषधि तथा अन्य अत्यावश्यक वस्तुहरू ढुवानी गर्न सहज भएको वडाध्यक्ष कमल बुढाले बताए।

    गाउँमा गाडी पुगेपछि स्थानीयमा नयाँ आशा जागेको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा व्यापार-व्यवसायका क्षेत्रमा थप सम्भावना सृजना हुने विश्वास गरिएको छ ।

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - १३:२४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij