Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

औद्योगिक क्षेत्रको झन्डै ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल

औद्योगिक क्षेत्रको झन्डै ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल


  • 1.9K
    Shares

    औद्योगिक क्षेत्रको झन्डै ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल
    images

    काठमाडौं । औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ । वर्षौँदेखि उठ्न नसकेको सो रकम  तत्काल उठाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिएकी थिइन् ।

    लिमिटेडका अनुसार मन्त्रीको निर्देशनपछि हालसम्म ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता रकम सङ्कलन भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले विसं २०४५ सालदेखि नै कतिपय उद्योगले भाडा तिर्न बाँकी राखेको बताए । केही दिनअघि ६ सय ३५ उद्योग तथा कार्यालयलाई भाडा तिर्न सार्वजनिक सूचना जारी गरिएको र अधिकांशले धमाधम बक्यौता चुक्ता गरेको उनले जानकारी दिए ।

    तोकिएको समयभित्र भाडा भुक्तानी नगर्ने उद्योगहरूको विद्युत् लाइन काट्न मन्त्री यादवले निर्देशन दिएपछि लिमिटेडले कडा कदम चालेको छ । सुरुमा २ सयभन्दा बढी उद्योगको लाइन काटिएकोमा भाडा तिरेपछि धेरैको लाइन पुनः जोडिएको छ । तर, अझै भाडा तिर्न बाँकी रहेका ४५ वटा कम्पनीहरूको विद्युत् लाइन काटिएको महाप्रबन्धक ओलीले बताए।

    बक्यौता राख्ने उद्योगहरूमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रालिको करिब ३ करोड ६९ लाख रुपैयाँ र सोही सञ्चालकको अर्को कम्पनी कन्टिनेन्टल सर्भिसेज प्रालिको करिब १ करोड रुपैयाँ भाडा उठ्न बाँकी छ । यी दुवै उद्योगको विद्युत् लाइन काट्ने प्रक्रिया अघि बढाइएको लिमिटेडले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ १६ २०८३ मंगलवार - १२:५०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij