Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आफ्नो सीमा ननाघ्न बहराइनलाई इरानकाे चेतावनी

आफ्नो सीमा ननाघ्न बहराइनलाई इरानकाे चेतावनी


  • 1.3K
    Shares

    आफ्नो सीमा ननाघ्न बहराइनलाई इरानकाे चेतावनी
    images

    काठमाडौं । पश्चिम एसियामा तनाव पुनः चर्किरहेका बेला इरानले बहराइनलाई कडा चेतावनी दिएको छ । इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहराइनलाई आफ्नो सीमा ननाघ्न र इरानलाई कठोर कदम चाल्न बाध्य नपार्न चेतावनी दिएका छन् ।

    तस्निम समाचार संस्थाका अनुसार बेलायतीले बहराइनलाई आफ्ना गतिविधिबारे सावधानी अपनाउन आग्रह गर्दै कुनै पनि उक्साहटको जवाफ इरानले कडा रूपमा दिने बताए । इरानले अमेरिकाले आफ्नो विरुद्ध सैन्य कारबाही गर्न खाडी क्षेत्रमा रहेका आधारहरू प्रयोग गरेको आरोप लगाउँदै आएको छ ।

    तेहरानले शुक्रबार र शनिबार बहराइनस्थित अमेरिकी नौसैनिक अड्डालाई निशाना बनाएको दाबी गरेको थियो । तर बहराइनसहित खाडीका अन्य मुलुकहरूले उक्त आरोप अस्वीकार गरेका छन् । बहराइनले पछिल्ला आक्रमणले आफ्नो सार्वभौमिकताको उल्लङ्घन गरेको र क्षेत्रीय स्थिरता कमजोर बनाएको जनाएको छ ।

    यसबीच अमेरिका र इरानबिच कतारको राजधानी दोहामा भएको वार्तामा दुवै पक्षले सैन्य आक्रमण रोक्ने र कूटनीतिक संवादलाई निरन्तरता दिने सहमति गरेका छन् । एक्सियोसका अनुसार दुवै देशले प्रत्यक्ष सैन्य गतिविधि रोक्ने निर्णय गरेका छन् र प्राविधिक तहका वार्ता जारी राख्न सहमत भएका छन् ।

    हालको तनावको केन्द्रमा हर्मुज जलघाँटी रहेको छ । व्यापारिक जहाजहरूको आवागमन र सुरक्षासम्बन्धी सम्झौताका विभिन्न व्याख्याका कारण दुवै पक्षबीच मतभेद बढेको हो । प्रारम्भिक समझदारीअनुसार इरानले जलमार्गको सुरक्षा सुनिश्चित गर्ने र अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने सहमति भएको थियो ।

    गत साता स्विट्जरल्यान्डमा भएको वार्तामा अमेरिकी र इरानी पक्षबिच जलमार्गमा हुने ढुवानी समन्वयका लागि प्रत्यक्ष सञ्चार संयन्त्र स्थापना गर्ने विषयमा पनि छलफल भएको थियो । तर इरानले जहाजहरूले आफ्नो सेनासँग प्रत्यक्ष समन्वय गर्नुपर्ने नयाँ माग अघि सारेपछि उक्त योजना कार्यान्वयन हुन सकेन ।

    प्रकाशित मिति :आषाढ १५ २०८३ सोमवार - १६:५८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij