Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रश्तुत

अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रश्तुत


  • 1.1K
    Shares

    • images
    अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रश्तुत
    images

    काठमाडौं । राष्ट्रिय सभामा ‘विनियोजन विधेयक, २०८३’ प्रश्तुत भएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ ‘क’ को उपनियम (२) बमोजिम अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले उक्त विधेयक सभासमक्ष पेश गरेका हुन् ।

    आर्थिक वर्ष २०८३\८४ को सेवा तथा कार्यहरूका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार प्राप्त गर्न र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकाले उक्त विधेयक प्रश्तुत गरिएको अर्थमन्त्रीले सभालाई जानकारी दिएका छन् । 

    यस विधेयकले संघीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न सरकारी निकायहरूले गर्ने कार्यका लागि आवश्यक बजेट विनियोजन गर्ने व्यवस्था गरेको छ । अर्थमन्त्रीले यस विधेयकलाई अर्थ सम्बन्धी विधेयकको रूपमा संघीय संसद्मा प्रश्तुत गरिएको स्पष्ट पारेका छन्। 
       

    images
    प्रकाशित मिति :आषाढ १५ २०८३ सोमवार - १४:४४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij