Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

आज १ अर्बको दही कारोबार हुने

आज १ अर्बको दही कारोबार हुने


  • 1.6K
    Shares

    आज १ अर्बको दही कारोबार हुने
    images

    काठमाडौं । राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा नेपालभर करिब ७५ लाख लिटर दही खपत भई झन्डै १ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।

    नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार यो पर्व नेपाली कृषि संस्कृति र दुग्ध व्यवसायको आर्थिक चक्रलाई गति दिने एक प्रमुख माध्यमका रूपमा स्थापित भएको छ ।

    असार १५ मा दही–चिउरा खाने परम्परा केवल सांस्कृतिक अभ्यास मात्र नभई नेपाली कृषि अर्थतन्त्र र स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि महत्त्वपूर्ण अवसर भएको अध्यक्ष दाहाल बताउँछन् ।  यो खपतले दूध उत्पादक किसान, दुग्ध सहकारी संस्था, डेरी उद्योग तथा समग्र दुग्ध मूल्य शृङ्खलामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

    अध्यक्ष दाहालका अनुसार नेपालमा हाल दैनिक ७६ लाख लिटर दूध उत्पादन हुँदै आएको छ । यस क्षेत्रमा मुलुकभरका करिब ६ लाख किसान परिवार प्रत्यक्ष रूपमा आबद्ध छन् ।  

     

    प्रकाशित मिति :आषाढ १५ २०८३ सोमवार - ११:५८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij