Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कुवेत र बहराइनमा फेरि आक्रमण

कुवेत र बहराइनमा फेरि आक्रमण


  • 1.2K
    Shares

    कुवेत र बहराइनमा फेरि आक्रमण
    images

    काठमाडौं । बीबीसी फारसी सेवाका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले आइतबार बिहान कुवेतको अली अल(सलेम एयर बेस र बहराइनमा रहेको अमेरिकाको पाँचौँ फ्लिट मुख्यालयसँग सम्बन्धित आठ स्थानलाई निसाना बनाइएको बताएको छ।

    आईआरजीसीका अनुसार त्यहाँ ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार गरिएको हो। विज्ञप्तिमा भनिएको छ, ‘आक्रमण  हालैका अमेरिकी हमलाको बदलामा हो।’ अमेरिकी अधिकारीहरूले अहिलेसम्म कुनै क्षति वा हताहतबारे केही बताएका छैनन्। 

    आईआरजीसीले अमेरिकाले पहिले आईआरजीसी नौसेना र एक जहाज आमनेसामने भएको बहानामा इरानका पाँच तटीय चौकीमा आक्रमण गरेको उल्लेख गरेको छ। 

    विज्ञप्तिमा अगाडि भनिएको छ, ‘इस्लामाबाद सम्झौताका आधारमा हर्मुज स्ट्रेटमा ट्राफिक नियन्त्रण गर्ने जिम्मेवारी इरानको हो र आईआरजीसीले अब उल्लंघनकारी जहाजविरुद्ध थप कडा कारबाही गर्नेछ।’

    आईआरजीसीले युद्धविरामको थप उल्लंघनले इस्लामाबाद सम्झौताको प्रगतिलाई रोक्न सक्ने चेतावनी पनि दिएको छ।

    यसैबिच अमेरिकी सेनाले आफ्ना लडाकु विमानले हर्मुज स्ट्रेटनजिकै इरानका लगभग १० सैन्य अड्डालाई निसाना बनाएको दाबी गरेको छ। 

    अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले एक्समा लेखेको छ, ‘इरानले एमरटी किकुमा गरेको ड्रोन आक्रमणको जवाफमा अमेरिकी नौसेना र वायुसेनाका लडाकु विमानले शनिबार राति हर्मुज स्ट्रेट र आसपास इरानका १० सैन्य अड्डामा प्रहार गरेका छन्।’

     

    प्रकाशित मिति :आषाढ १४ २०८३ आइतवार - १०:४७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij