Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ४८ करोड

ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ४८ करोड


  • 1.5K
    Shares

    ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ४८ करोड
    images

    काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३\८४ का लागि कुल ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाको नवौँ नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उक्त बजेट वक्तव्य प्रस्तुत गरेकी हुन्  । 

    प्रस्तुत बजेट चालू आर्थिक वर्षको कुल विनियोजित बजेट ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको हाराहारीमा नै रहेको छ । पुँजीगत ४ अर्ब २३ करोड र चालु ३ अर्ब २५ करोड ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३\८४ का लागि विनियोजन गरेको कुल बजेटमध्ये पुँजीगत खर्चतर्फ ५६.६ प्रतिशत र चालु खर्चतर्फ ४३.४ प्रतिशत रकम विनियोजन गरेको छ ।  

    महानगरपालिकाले चालु खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरेको छ । कर्मचारीहरूको तलब वृद्धि, प्रोत्साहन भत्ता र सामाजिक सुरक्षा भत्ता जस्ता अनिवार्य दायित्वका कारण चालु खर्च बढेको महानगरले जनाएको छ । 

    पुँजीगत खर्चतर्फ आगामी वर्षका लागि ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको छ । सङ्घीय र प्रदेश सरकारबाट पुँजीगत शीर्षकमा कम बजेट प्राप्त भएकाले गत वर्षको तुलनामा पुँजीगत खर्च ६ प्रतिशतले घट्ने अनुमान गरिएको छ । 

    महानगरको आन्तरिक आय, मालपोत रजिस्ट्रेसन शुल्क र मनोरञ्जन कर आदिबाट ३ अर्ब ३५ करोड ५० लाख रुपैयाँ सङ्कलन हुने र अपुग हुने १ अर्ब ४७ करोड रुपैयाँ नगद मौज्दातबाट बेहोरिने बजेट वक्तव्यमा उल्लेख छ । 

    शिक्षा, स्वास्थ्य लगायतका क्षेत्र समावेश भएको सामाजिक विकासतर्फ १२ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । उद्योग, पर्यटन तथा संस्कृति संरक्षण क्षेत्रका लागि  ऐतिहासिक कला, संस्कृति र पर्यटन प्रवद्र्धन भन्दै  ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।  कृषि, उद्यमशीलता तथा आयआर्जनका कार्यक्रम समेटिएको आर्थिक विकास क्षेत्रका लागि ६ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ । 

    शहरी सरसफाइ, हरियाली प्रवद्र्धन र विपद् जोखिम न्यूनीकरणका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको छ । संस्थागत विकास अन्तर्गत महानगरको प्रशासनिक सुधार तथा सुशासन सम्बन्धी कार्यका लागि ४ करोड ६० लाख रुपैयाँ छुट्याइएको छ ।  व्यवस्थित शहरीकरण र योजना तर्जुमाका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।  

    प्रकाशित मिति :आषाढ १० २०८३ बुधवार - १६:५५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij