Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

बालुवाटारमा बोलाइएको स्थायी कमिटीको बैठक स्थगित

बालुवाटारमा बोलाइएको स्थायी कमिटीको बैठक स्थगित


  • 4.9K
    Shares

    बालुवाटारमा बोलाइएको स्थायी कमिटीको बैठक स्थगित

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटीको बैठक स्थगित भएको छ।

    नेताहरुको व्यस्तताका कारण बैठक स्थगित भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए। 'नेताहरुको व्यस्तता र अरु तयारी पनि नपुगेकाले बैठक नबसेको हो,' उनले भने।

    बालुवाटारमा बुधवार ४ बजेका लागि बैठक बोलाइएको थियो। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहसँग भइरहेको एकताको पहल निष्कर्षमा नपुगेको भन्दै स्थायी कमिटीको बैठक अवरुद्ध हुँदै आएको छ। यसअघि आइतवार र सोमवार पनि स्थायी कमिटीको बैठक स्थगित भएको थियो भने मंगलवारको बैठकले एकतका लागि अधिकतम लचकता अपनाउने निर्णय गरेको थियो।

    ओली समूह नेपाल-खनाल समूहका दोस्रो तहका नेतालाई  भए पनि आफ्नो समूहमा ल्याउनपर्ने भन्दै वार्तामा जुटेका छन्। उक्त रणनीति अनुसार नेपाल समूहका नेपाल, खनाल सहित ११ जनालाई ओलीले कारवाही गरे पनि १२ जनालाई भने कारवाही गरिएको छैन।

    ओली-नेपाल समूहका दोस्रो तहका नेताहरुले सोमवार राति याक एण्ड यतिमा एकतका लागि अनौपचारिक वार्ता गरेका थिए। एमाले विवाद समाधानका लागि गठित १० सदस्यीय वार्ता टोली भने हाल निष्क्रिय छ।

    प्रकाशित मिति :जेठ १९ २०७८ बुधवार - १५:५०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij