Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

पाँच दलीय गठबन्धनले प्रधानमन्त्रीलाई पठायो ११ बुँदे मागसहित ज्ञापनपत्र

पाँच दलीय गठबन्धनले प्रधानमन्त्रीलाई पठायो ११ बुँदे मागसहित ज्ञापनपत्र


  • 6.5K
    Shares

    पाँच दलीय गठबन्धनले प्रधानमन्त्रीलाई पठायो ११ बुँदे मागसहित ज्ञापनपत्र

    काठमाडौं । पाँच दलीय गठबन्धनले भक्तपुरबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ । बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पठाएको हो ।

    भक्तपुरका पाँच प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्तरुपमा विभिन्न ११ वटा मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईमार्फत उक्त ज्ञापन पत्र प्रधानमन्त्री ओलीलाई पठाइएको पाँच दलीय गठबन्धनले जनाएको छ ।

    जिप्रका पुगेर नेताहरुको टोलीले ज्ञापन पत्र बुझाएपछि प्रजिअ भट्टराईले आफूले उक्त पत्र प्रधानमन्त्रीले प्राप्त गर्नेगरी पठाइदिने प्रतिवद्धता प्रकट गरेका छन् ।

    ज्ञापन पत्रमा हस्ताक्षरकर्ता नेताहरु नेपाली काँग्रेसका उपसभापति हरिप्रसाद नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष डिपी ढकाल, नेकपा(एमाले)का अध्यक्ष रजन केसी, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष श्याम शिल्पकार र राष्ट्रिय जनमोर्चाका अध्यक्ष शिवहरी खनालले संयुक्तरुपमा ज्ञापन पत्र प्रजिअ भट्टराई मार्फत प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन् । 

    195321612_1086765628512932_2504401747390371008_n_eq30ELT1Qk.jpg194911936_132246652233210_2209388677357859195_n_2YyaNBNAJI.jpg

    प्रकाशित मिति :जेठ १९ २०७८ बुधवार - १५:३९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij