Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

नारायणहिटी दरबार हत्याकाण्ड : आज २० वर्ष पूरा, घटना अझै रहस्यमय

नारायणहिटी दरबार हत्याकाण्ड : आज २० वर्ष पूरा, घटना अझै रहस्यमय


  • 10.4K
    Shares

    नारायणहिटी दरबार हत्याकाण्ड : आज २० वर्ष पूरा, घटना अझै रहस्यमय

    काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ। वि.सं. २०५८ जेठ १९ गते राति तत्कालिन नारायणहिटी राज दरबारमा बिभत्स हत्याकाण्ड भएको थियो।

    हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका क्रममा राजदरबारको ‘अति सुरक्षित’ स्थलका रुपमा मानिएको तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत परिवारका अन्य सदस्यहरुको हत्या भएको सो काण्डको चित्तबुझ्दो तथ्य अहिलेसम्म पनि जनतासमक्ष आउन सकेको छैन।

    यद्यपि, त्यतिबेला नयाँ राजा ज्ञानेन्द्रले जेठ २२ गते बेलुका एक शाही घोषणा गर्दै राजदरबारमा घटेको दुःखद घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउने प्रक्रियाको थालनी गर्दै तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेका थिए।

    सो समितिमा तत्कालीन सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपाललाई समेत सदस्य तोकिएको थियो। यद्यपि, नेपाल सो समितिमा बस्न मानेनन् । उनले राजीनामा दिएका थिए।

    बाँकी दुई सदस्यीय समितिले जेठ ३२ गते प्रतिवेदन बुझाएको थियो। २६ गतेदेखि काम सुरु गरेको समितिलाई सुरुमा काम सुरु गरेको मितिले ३ दिन समय दिइएको थियो। पछि फेरि ४ दिन समय थपिएको थियो।

    समितिले सम्पूर्ण प्रतिवेदनलाई ३ भागमा विभाजन गरेको थियो। पहिलो भागमा समितिको गठन तथा कार्यप्रक्रिया उल्लेख छ। दोस्रो भागमा घटनासँग सम्बन्धित तथ्य एवम् तथ्याङ्कहरुको प्रस्तुति थियो। र, तेस्रो भागमा घटनाको यथार्थ विवरण उल्लेख गरिएको थियो।

    तर समितिको प्रतिवेदनलाई आम जनताले स्वीकार्न सकेनन् । अहिले पनि सो घटनालाई षड्यन्त्रको विभिन्न आयामको प्रतिफलको रुपमा मान्ने र ब्याख्या विश्लेषण गर्ने मानिसहरु प्रशस्तै छन्।

    प्रकाशित मिति :जेठ १९ २०७८ बुधवार - १५:०५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij