Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

शंकर पोखरेललाई कांग्रेसले भन्यो : ओली सरकारको प्रवक्ताको मनोरोगबाट मुक्त रहनुहोस्

शंकर पोखरेललाई कांग्रेसले भन्यो : ओली सरकारको प्रवक्ताको मनोरोगबाट मुक्त रहनुहोस्


  • 5.0K
    Shares

    शंकर पोखरेललाई कांग्रेसले भन्यो : ओली सरकारको प्रवक्ताको मनोरोगबाट मुक्त रहनुहोस्

    काठमाडौं । लुम्बिनी प्रदेशका नेपाली कांग्रेसका सांसद शंकर गिरीले मुख्यमन्त्री शंकर पोखरलले आफूलाई केन्द्र सरकारको प्रवक्ता सम्झिएको आरोप लगाएका छन् । आजको प्रदेशसभा बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चस्माले नहेर्न पोखरेललाई आग्रह पनि गरे ।

    “मुख्यमन्त्रीजीले हेरिरहनुहुन्छ केपीजीको चस्माले । झापामा कुनै घटना घट्यो, मुख्यमन्त्रीको स्ट्याटस आउँछ । दार्चुलामा कुनै घट्ना घट्यो, मु्ख्मन्त्रीको स्ट्याटस आउँछ । मानौँ, मुख्यमन्त्री नै केन्द्र सरकारको प्रवक्ता हो । त्यो मनोरोगबाट मुक्त हुनुपर्छ,” उनले भने ।

    प्रदेश सांसद गिरीले नेकपा (एमाले)का कार्यकर्ताहरुलाई कसैको दास नबन्न आग्रह गरे । उनीहरु दास बनिरहेको उनको आरोप थियो ।

    त्यस्तै, उनले मुख्यमन्त्री पोखरेललाई राजीनामा दिएर गठबन्धनले प्रस्ताव गरेका नेकपा (माओवादी केन्द्र)का नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन आग्रह गरे ।

    प्रकाशित मिति :जेठ १९ २०७८ बुधवार - १४:४३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij