Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कोरोनाको वेला उपचारमा बढी शुल्क लिनेलाई कारबाही गरिने

कोरोनाको वेला उपचारमा बढी शुल्क लिनेलाई कारबाही गरिने


  • 10.5K
    Shares

    कोरोनाको वेला उपचारमा बढी शुल्क लिनेलाई कारबाही गरिने
    images

    काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले केही निजी अस्पतालले कोभिड-१९को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो अतिरिक्त शुल्क नलिन निर्देशन दिनुभएको हो । उहाँले बिरामीसँग अतिरिक्त शुल्क लिएको पाइएमा त्यस्ता अस्पताललाई कानुनअनुसार कारबाही गरिनेसमेत बताउनुभयो ।

    "कोभिड-१९ को सन्दर्भमा केही निजी अस्पतालले सबै किसिमका सेवामा कोभिड-१९ को बहानामा अतिरिक्त शुल्क जोडेर लिने गरेको गुनासो पाइएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ", उहाँले सूचना जारी गर्दै भन्नुभएको छ ।

    "कोभिड-१९ को सङ्क्रमणको समस्याले सबैलाई परेको यस्तो कठिन समयमा समेत केही निजी अस्पतालले बहिरङ्ग सेवालगायतका सबै किसिमका सेवामा केही प्रतिशत खर्च जोडेर शुल्क लिने काम नगर्नरनगराउन अनुरोध छ ।"

    notice-07122020053011-1000x0.jpg

    प्रकाशित मिति :मंसिर २२ २०७७ सोमवार - १३:००:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij