Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न

भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न


  • 1.8K
    Shares

    भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न
    images

    काठमाडौं । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा आज काठमाडौं महानगरपालिका-१०, बालुवाटारस्थित आम्रपाली ब्याङ्वेट क्याटरिङ एण्ड इभेन्टमा सफलतापूर्वक सम्पन्न भएको छ ।

    उक्त साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट श्री माधव राज आचार्य, डा। हिमाल भट्टराई, श्री राजेश्वर दुवाल, श्री टंक प्रसाद सुवेदी तथा श्री सन्तोष श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट श्रीमती जेलिना श्रेष्ठ निर्वाचित हुनु भएको छ भने साधारण सभाले स्वतन्त्र संचालकमा रीता गौतमलाई मनोनयन गरेको छ ।

    साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजना तथा विभिन्न प्रस्तावहरूमाथि छलफल गरी पारित गरिएको थियो । कार्यक्रममा शेयरधनीहरुबीच कम्पनीको भावी रणनीति तथा विकासका विषयमा सकारात्मक अन्तरक्रिया समेत भएको थियो ।

    प्रकाशित मिति :जेठ २९ २०८३ शुक्रवार - १३:२०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij