Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

परीक्षामा जफत गरेको मोबाइल नष्ट गरेको विरोधमा कार्यालय घेराउ गर्दै प्रदर्शन

परीक्षामा जफत गरेको मोबाइल नष्ट गरेको विरोधमा कार्यालय घेराउ गर्दै प्रदर्शन


  • 1.2K
    Shares

    परीक्षामा जफत गरेको मोबाइल नष्ट गरेको विरोधमा कार्यालय घेराउ गर्दै प्रदर्शन
    images

    काठमाडौं । एसईई र कक्षा-१२ को परीक्षाका क्रममा परीक्षार्थीहरूबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध विद्यार्थी संगठनहरू आन्दोलित गरिरहेका छन् । 

    अहिले उनीहरूले जिल्ला प्रशासन कार्यालय सिरहा घेराउ गर्दै प्रदर्शन गरिरहेका छन्। नष्ट गर्नुको साटो विद्यार्थीलाई फिर्ता वा जरिवाना गर्नुपर्ने तथा त्यसो नभएको लिलामी गर्नुपर्ने उनीहरूको माग छ। 

    जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैत महिनामा सञ्चालित एसईई र कक्षा-१२ को परीक्षाका क्रममा परीक्षार्थीहरूबाट करिब ५०० थान मोबाइल फोन र स्मार्ट घडीहरू जफत गरेको थियो। 

    प्रशासनका अनुसार परीक्षाका क्रममा सात वटा आईफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल फोन तथा पाँच वटा स्मार्ट वाच बरामद गरिएको थियो । ती सबै उपकरण हालै नष्ट गरिएको र बरामद सामग्रीको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ ।   

    प्रकाशित मिति :जेठ २५ २०८३ सोमवार - १५:३६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij