Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

कहाँ कस्तो रहनेछ आगामी २४ घण्टाको मौसम ?

कहाँ कस्तो रहनेछ आगामी २४ घण्टाको मौसम ?


  • 1.8K
    Shares

    कहाँ कस्तो रहनेछ आगामी २४ घण्टाको मौसम ?
    images

    काठमाडौं । देशका केही स्थानमा आज तातो हावाको लहर चल्ने सम्भावना छ । केही प्रदेशका केही स्थानमा तातो दिन हुनेछ । 

    जल तथा मौसम विज्ञान विभागले दिउँसो मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम तातो लहर चल्ने बताएको छ । 

    कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना रहेको छ । यी स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि हुने पूर्वानुमान छ । 

    कोसी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । 

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा, मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

    विभागले राति कोसी प्रदेशलगायत देशको हिमाली भूभागमा साधारणतया बादल बताएको छ । पहाडी भूभाग तथा मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ । 

    कोसी प्रदेशको थोरै स्थानमा र मधेस, वाग्मती,  गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

    हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - ०८:२३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij