Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने

सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने


  • 792
    Shares

    सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने
    images

    काठमाडौं । निवर्तमान गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन गर्न गठित समितिले आगामी सोमबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

    समितिको पाएको १५ दिनको म्याद यही जेठ १९ गते सकिएपछि पाँच दिन म्याद थप गरिएको थियो । मन्त्रिपरिषद् बैठकले थपेको म्याद आगामी शनिबार सकिँदै छ ।

    सुधन गुरुङले निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरण र गृहमन्त्री भएपछि सार्वजनिक सम्पत्ति विवरण फरक परेपछि उनको सम्पत्तिलाई लिएर विवाद सुरु भएको थियो । गुरुङमाथि आरोपहरू बढ्दै गएपछि उनले वैशाख ९ गते गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।

    सरकारले वैशाख २८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि न्यौपाने सदस्य रहने गरी छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो ।

    समितिको प्रवक्तासमेत रहेका सहन्यायाधीवक्ता न्यौपानेले प्रतिवेदन लेखनको काम भइरहेको जानकारी दिए । “हामी प्रतिवेदन लेखनको काममा जुटिरहेका छौँ,” न्यौपानले भने, “थपिएको समय शनिबार सकिँदै छ । सम्भवतः त्यसबेलासम्म हामी काम सम्पन्न गर्नेछौँ । उक्त दिन बिदाको दिन भयो । आइतबार पानि सार्वजनिक बिदाकै दिन परेकाले सोमबार प्रतिवेदन बुझाउने तयारीमा छौँ ।”

    प्रकाशित मिति :जेठ २१ २०८३ बिहिवार - १९:१४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij