२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । सुनचाँदीको मुल्य बढ्नेक्रम मंगलबार पनि जारी रह्यो । सुन तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मुल्य तोलाको ९४ हजार ५०० रुपैयाँ कायम गरेको छ । सोमबार ९४ हजार २०० कायम गरिएको थियो, आइतबार ९४ हजार थियो ।
यस्तै, तेजाबी सुनको मुल्य पनि बढेर तोलाको ९४ हजार पुगेको छ । मंगलबार चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले बढेर तोलाको १३ सय ७० पुगेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij