Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

माल्दिभ्समा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

माल्दिभ्समा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध


  • 1.4K
    Shares

    माल्दिभ्समा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
    images

    काठमाडौं । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले माल्दिभ्स सरकारले १६ वर्ष मुनिका बालबालिकाहरूलाई साइबर अपराध र अन्य खतराहरूबाट जोगाउन विभिन्न सामाजिक सञ्जालमा पहुँच प्रतिबन्ध लगाउने घोषणा गरेको बताएका छन् । 

    साप्ताहिक पत्रकार सम्मेलनमा सोमबार बोल्दै मुइजुले अनलाइन तथा साइवर अपराधबाट बालबालिकाहरूलाई जोगाउनु स्वदेश तथा विदेशमा रहेका अभिभावकहरूका लागि प्रमुख चिन्ताको विषय बनेको बताए । सरकारले नयाँ साइवर नीति तयार गर्दा अष्ट्रेलिया सहित अन्य देशहरूमा लागु गरिएका नियमहरूको अध्ययन गर्ने उनले बताए । 

    प्रस्तावित प्रतिबन्धले बालबालिकाका लागि जोखिमपूर्ण मानिने सामाजिक सञ्जालको प्रयोगहरूलाई लक्षित गर्ने मुइजुले बताए। सरकारले सान्दर्भिक प्रविधि कम्पनीहरूसँग परामर्श गर्ने र सामाजिक सञ्जालका मालिकहरूसँग उनीहरूको सेवाहरू माल्दिभ्सको कानून अनुरूप सम्भव बनाउन समन्वय गर्ने जनाएको छ ।

    राष्ट्रपति मुइजुका अनुसार यस उपाय र सर्तकताका लागि विद्यमान साइबर सुरक्षा कानुनमा संशोधन आवश्यक पर्नेछ ।प्रतिबन्धहरूले बालबालिकाको शिक्षा वा अनलाइनबाट सिक्ने क्षमतामा बाधा नपुग्ने तर सुरक्षित डिजिटल वातावरण सिर्जना गर्न मद्दत गर्ने मुइजुले प्रष्ट पारे ।

    सरकारले निर्धारित नियमहरुलाई छिटै अन्तिम रूप दिने र सार्वजनिक परामर्श पछि एक वर्ष भित्र पुर्ण प्रतिबन्ध लगाउने लक्ष्य राखेको पीएसएम न्यूजले जनाएको छ ।

    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - १२:१६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij