२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिको विरोधमा तरुण दलले माइतीघरमा प्रदर्शन गरेको छ। सोमबार नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन तरुण दलले विरोध प्रदर्शन गरेको हो ।
प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्तिको विरोधमा आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो।
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिको अहिले आलोचना भइरहेको छ। अभिव्यक्ति फिर्तादेखि राजीनामासम्मको माग उठिरहेको छ।






© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij