२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सोमबारको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै नहटाएसम्म सदन अघि बढ्न नसक्ने बताएका थिए ।
विपक्षी पार्टीका सांसदहरू बोले लगत्तै उनीहरू उठेर विरोध गरेका थिए । सभामुखले पटक पटक बस्न आग्रह गरे पनि नमानेपछि उनले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भ्रामक अभिव्यक्ति फिर्ता नभएसम्म सदन अघि नबढाउन माग गरेको छ ।
त्यस्तै, श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नेपालले भारतको भूमि मिचेको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे माफी नमागेसम्म संसद चल्न नसक्ने बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij