Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

काठमाडौं उपत्यकामा जेठ २० पछि निषेधाज्ञा खुकुलो बनाउने तयारी

काठमाडौं उपत्यकामा जेठ २० पछि निषेधाज्ञा खुकुलो बनाउने तयारी


  • 14.0K
    Shares

    काठमाडौं उपत्यकामा जेठ २० पछि निषेधाज्ञा खुकुलो बनाउने तयारी

    काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ २० पछि भने खुकुलो पारिने भएको छ । पछिल्लो पटक जेठ १४ गतेदेखि लागू हुने गरी थपिएको निषेधाज्ञा निकै कडा पारिएको छ ।

    कोरोना संक्रमण दर क्रमशः घट्दै गएको हुँदा सर्वसाधारणको सहजताका लागि निषेधाज्ञालाई खुकुलो बनाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । 

    खाद्यान्न बाहेक अन्य कुन–कुन क्षेत्र खुकुलो बनाउने भन्ने विषयमा छलफल गर्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सम्भवतः १९ गतेभित्रै काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको उपस्थितिमा बैठक बसेर निष्कर्ष निकाल्ने बताइएको छ । 

    परिस्थिति अनुकुल हुँदैै गए सबै क्षेत्रलाई बिस्तारै खुकुलो बनाउँदै लाने पनि बताइएको छ । 

    प्रकाशित मिति :जेठ १७ २०७८ सोमवार - १४:०४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij