२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । अमेरिकी सेनाले इरानको रणनीतिक बन्दरगाह सहर बन्दार अब्बासस्थित एक सैन्य क्षेत्रलाई निशाना बनाएर पुनः नयाँ आक्रमण गरेको छ। तीन दिनभित्र अमेरिकाले इरानमाथि गरेको यो दोस्रो आक्रमण हो।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार उनका सेनाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा खतरा उत्पन्न गराइरहेका इरानका चारवटा ‘वान-वे अट्याक ड्रोन’ समेत खसालेका छन्। बन्दार अब्बासमा पाँचौँ ड्रोन प्रक्षेपणको तयारी भइरहेका बेला उक्त सैन्य स्थलमा आक्रमण गरिएको सेन्टकमले जनाएको छ। इरानी सञ्चारमाध्यमहरूले सो सहरको पूर्वतर्फ ठुला विस्फोटका आवाजहरू सुनिएको उल्लेख गरेका छन्।
यो आक्रमण अमेरिका र इरानबिच कायम रहेको कमजोर युद्धविराम र विगत तीन महिनादेखि जारी युद्ध अन्त्यका लागि भइरहेको लामो वार्ताका बिच भएको हो। यस युद्धका कारण स्ट्रेट अफ होर्मुजमा ढुवानी ठप्प भएको छ भने विश्व बजारमा इन्धनको मूल्य अत्यधिक बढेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij