Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

वरिष्ठ गायक जगतमर्दन थापाको निधन

वरिष्ठ गायक जगतमर्दन थापाको निधन


  • 8.5K
    Shares

    • images
    वरिष्ठ गायक जगतमर्दन थापाको निधन
    images

    काठमाडौँ । वरिष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ । उपचारको क्रममा ८२ वर्षीय गायक थापाको सोमबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    स्वासप्रस्वास सम्बन्धी समस्याका कारण उनलाई केही दिनदेखि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसअघि गायक थापा कोरोना भाइरसको संक्रमण जित्न सफल भएका थिए ।

    १९९५ असार १७ मा जन्मिएका थापा २०२० देखि गायनमा सक्रिय रहँदै आएका थिए । उनले नयाँ एल्बमको तयारी भइरहेको थियो ।

    उनका ‘भन लौ तिमी नढाँटी, आशाको दियो बालेर, माया लुकाइ लुक्दैन’ सहितका गीत चर्चित छन् । उनको सोमबार नै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २२ २०७७ सोमवार - ११:३८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij