Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

कक्रोच पार्टीको वेबसाइट ब्लक

कक्रोच पार्टीको वेबसाइट ब्लक


  • 974
    Shares

    कक्रोच पार्टीको वेबसाइट ब्लक
    images

    काठमाडौं । भारतमा चर्चित बनेको व्यङ्ग्यात्मक राजनीतिक समूह कक्रोच जनता पार्टीले आफ्नो वेबसाइट सरकारले ब्लक गरेको दाबी गरेको छ । केही दिनअघि मात्र सुरु गरिएको यो समूहले सामाजिक सञ्जालमा तीव्र लोकप्रियता हासिल गरेको थियो । 

    यो समूह भारतका प्रधानन्यायाधीशले बेरोजगार युवाहरूलाई ‘साङ्ला’ सँग तुलना गरेको भनाइपछि मजाकका रूपमा स्थापना गरिएको हो । पछि उनले आफ्नो टिप्पणी ‘नक्कली र झुडा डिग्री’ भएका मानिसहरूलाई लक्षित भएको स्पष्ट पारेका थिए । हाल कक्रोच जनता पार्टीको वेबसाइट भारतभित्र मात्र होइन, अन्य देशबाट पनि पहुँच गर्न नसकिने अवस्थामा रहेको बताइएको छ । 

    समूहका संस्थापक अभिजित दिपकेले भारतीय अधिकारीहरूले वेबसाइट हटाएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘उनीहरू साङ्लासँग किन यति धेरै डराउँछन् रु’ भन्दै प्रश्न गरेका छन् । साङ्ला त कहिले पनि मर्दैन भन्दै उनले नयाँ वेबसाइट तयार भइरहेको पनि बताएका छन् । 

    २ लाखभन्दा बढी फलोअर भएको आधिकारिक एक्स खाता पनि रोकिएको छ । भारतमा यो खातामा पहुँच छैन । खाता खोल्न खोज्दा ‘कानुनी मामिलाको प्रतिक्रियामा रोक लगाइएको’ भन्ने सन्देश देखिने गरिएको छ । 

     

    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - १५:५६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij