Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित


  • 2.2K
    Shares

    नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित
    images

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घमा दुई पदका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि निर्वाचन भएको थियो ।

    महासङ्घको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका निर्वाचन समितिले जानकारी दिएको छ । 

    महासङ्घमा वरिष्ठ उपाध्यक्षमा वैद्य र रामचन्द्र संघईले उम्मेदवारी दिएका थिए । त्यस्तै कोषाध्यक्षमा प्रधान र अम्बिकाप्रसाद पौडेलले उम्मेदवारी दिएका थिए।

    वैद्य ५६ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत पाएका छन् । त्यस्तै, कोषाध्यक्षमा निर्वाचित भएका प्रधानले ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पौडेलले २५ मत पाएका छन् । 

    दुवै अध्यक्ष अञ्जन श्रेष्ठ समूहबाट निर्वाचित भएका हुन् । योसँगै नयाँ कार्यकारिणी समितिले पूर्णता पाएको छ। 

     

    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - १६:३६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij