Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बेंगलुरुबाट दिल्ली जाँदै गरेको एयर इन्डियाको विमानको इन्जिनमा आगो लाग्यो, १६० यात्रु सुरक्षित

बेंगलुरुबाट दिल्ली जाँदै गरेको एयर इन्डियाको विमानको इन्जिनमा आगो लाग्यो, १६० यात्रु सुरक्षित


  • 911
    Shares

    बेंगलुरुबाट दिल्ली जाँदै गरेको एयर इन्डियाको विमानको इन्जिनमा आगो लाग्यो, १६० यात्रु सुरक्षित
    images

    काठमाडौं । भारतको बेंगलुरुबाट राजधानी दिल्ली आइरहेको एयर इन्डियाको जहाज एआई २८०२ को इन्जिनमा बिहीबार साँझ आगो लागेको छ। 

    एयर इन्डियाले विज्ञप्ति जारी गरी भनेको छ, ‘दिल्लीमा अन्तिम अवतरणका क्रममा ककपिट चालक दलले इन्जिनमा आगलागी भएको संकेत पाएका थिए। चालक दलले सबै मानक सञ्चालन प्रक्रिया पालना गरे र विमानलाई दिल्ली विमानस्थलमा सुरक्षित रूपमा अवतरण गराए। सबै यात्रु र चालक दल सुरक्षित छन् र सामान्य रूपमा विमानबाट बाहिर निस्किएका छन्।’

    विमान दिल्ली विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ। विमानमा १६० यात्रु थिए। एयर इन्डियाले घटनाबारे तुरुन्तै अनुसन्धान थालिने पनि बताएको छ। अनुसन्धान सम्बन्धित नियामक अधिकारीहरूसँगको समन्वयमा गरिने बताइएको छ।  

     

    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - १०:४१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij