Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नीति तथा कार्यक्रम विगतको भन्दा पनि अस्वस्थ: सांसद सुनार

नीति तथा कार्यक्रम विगतको भन्दा पनि अस्वस्थ: सांसद सुनार


  • 701
    Shares

    नीति तथा कार्यक्रम विगतको भन्दा पनि अस्वस्थ: सांसद सुनार
    images

    काठमाडौं । सांसद भुवनबहादुर सुनारले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दिशाहीन रहेको टिप्पणी गरेका छन्। 

    राष्ट्रिय सभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारको योजनाले मुलुकको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट खाका दिन नसकेको बताएका हुन् ।

    बैठकमा बोल्दै उनले भने, ‘सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मुलुकको अर्थतन्त्र कता लैजान खोजिएको हो रु स्पष्ट छैन। पहिलो वर्षदेखि पाँचौँ वर्षसम्म के गर्ने भन्नेबारे स्पष्ट खाका हुनुपर्थ्यो त्यस्तो केही पनि देखिँदैन।’

    उनले सरकारको नीति तथा कार्यक्रम धेरै महत्त्वाकाङ्क्षी नहुनु सकारात्मक भए पनि यसले नागरिकलाई निराश बनाएको टिप्पणी गरेका छन्। आगामी आर्थिक वर्षको कार्यक्रम विगतको भन्दा पनि अस्वस्थ रहेको दाबी गर्दै उनले जनताको तहसम्म पुग्ने कुनै खाका नदेखिएको बताएका छन्। 

     

    प्रकाशित मिति :बैशाख ३१ २०८३ बिहिवार - १५:१२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij