२०८३ बैशाख ३० गते बुधवार
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा गिरावट देखिएको छ ।
कम्पनीले २८ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३९ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस समीक्षा अवधिमा कम्पनीको नाफा पनि घटेको हो ।
२६ करोड ६६ लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म विशेष जगेडामा ३ अर्ब २९ करोड रुपैयाँ, महाविपत्ति कोषमा ७० करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ६० करोड रुपैयाँ र अन्य इक्विटीमा १० अर्ब ५० करोड रुपैयाँ रहेको छ।
कम्पनीले १६ करोड १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले ९४ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन घटेको हो ।
समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ७८ करोड ६७ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ८५ करोड ४१ लाख रुपैयाँ खर्चिएको थियो ।
कम्पनीले २८ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३९ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस समीक्षा अवधिमा कम्पनीको नाफा पनि घटेको हो ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १०८ रुपैयाँ ३७ पैसा छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ ६ हजार ५२४ रुपैयाँ १० पैसा रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij