Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ११ करोड माथि, कुल व्यापार ३ अर्ब नजिक

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ११ करोड माथि, कुल व्यापार ३ अर्ब नजिक


  • 470
    Shares

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ११ करोड माथि, कुल व्यापार ३ अर्ब नजिक

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास (साउन-चैत) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको चैतसम्म कम्पनीले ११ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

    अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३३ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ६६.७३ प्रतिशतले घटेको छ।

    चालु वर्षको चैतसम्म कम्पनीले १ अर्ब ४३ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब २४ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन १५.८५ प्रतिशतले बढेको छ। 

    शेयर पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ९६ करोड ८४ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ७७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १५ करोड १ लाख रुपैयाँ र अन्य इक्विटीमा ४२ करोड ५८ लाख रुपैयाँ रहेको छ। 

    कम्पनीले २ अर्ब ९५ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ३.४० प्रतिशतले बढेको छ।

    कम्पनीको बीमा कोषमा ५ अर्ब १९ करोड ८२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा ३ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ थियो। बीमा कोषको आकार ३४.८४ प्रतिशतले बढेको छ।

    कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी घटेर ५.९० रुपैयाँ कायम भएको छ भने पीई रेसियो ८८.६९ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २०५.२८ रुपैयाँ रहेको छ।

    images
    प्रकाशित मिति :बैशाख ३० २०८३ बुधवार - १४:४२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij