Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

अध्यादेशमार्फत ल्याएको नयाँ बजेटमा के–के आयो ? २४ वटा बुँदामा हेर्नुहोस्

अध्यादेशमार्फत ल्याएको नयाँ बजेटमा के–के आयो ? २४ वटा बुँदामा हेर्नुहोस्


  • 10.2K
    Shares

    अध्यादेशमार्फत ल्याएको नयाँ बजेटमा के–के आयो ? २४ वटा बुँदामा हेर्नुहोस्

    नेपाल सरकारले अध्यादेशमार्फत ल्याएको नयाँ आर्थिक वर्षको बजेटमा कोभिड रोकथाम र राहतलाई प्राथमिकता दिइएको छ । बजेटमा रहेका केही विशेषताहरु बुँदागत रुपमा हेर्नुहोस्

    • निषेधाज्ञा अवधिभर विजुली महसुलमा सहुलियत दिइने ।

    • वृद्धभत्ता मासिक ४ हजार पुग्यो, सबै सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढ्यो ।

    • खोप खरिदका लागि २६ अर्ब ७५ करोड विनियोजन ।

    • अक्सिजन उत्पादन कम्पनीलाई ५० प्रतिशत अनुदान दिइने ।

    • युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराइने ।

    • विद्यार्थीलाई निशुल्क सिमकार्ड । सहुलियत ऋणमा ल्यापटप उपलब्ध गराइने ।

    • सरकारी कर्मचारीलाई १० दिन भ्रमण विदा दिइने ।

    • महिला बालिकाको सुरक्षाका लागि १ अर्ब २० करोड विनियोजन ।

    • प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि  १२ अर्ब विनियोजन ।

    • गरीबसँग विश्वेश्वर कार्यक्रम यथावत, गरिवी निवारण कोष खारेज ।

    • दिगो वन व्यवस्थापन सञ्चालन गरिने ।

    • ३ वर्षमा रासायनिक मल कारखाना बनाउन १२ अर्ब बिनियोजन ।

    • उखु किसानलाई १५ दिनभित्र रकम भुक्तानीका लागि ८४ करोड विनियोजन ।

    • दूध र तरकारीमा २ वर्षभित्र आत्मनिर्भर बन्ने । गहुँमा ५ वर्ष र धानमा ५ वर्षभित्र आत्मनिर्भर बन्ने ।

    • कृषि तथा पशुपालन विकासका लागि ४५ अर्ब ९ करोड विनियोजन ।

    • वन क्षेत्रमा सामुहिक खेतीलाई प्रोत्साहन,निजी जग्गामा रुख रोप्न प्रोत्साहन,सडकका किनारामा फलफूलका विरुवा रोपिने ।

    • सबै प्रदेशमा चिडियाखाना स्थापना गरिने ।

    • पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गरेमा सहुलियत दिइने ।

    • आगामी साउनदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलाको उत्पादन र विक्री वितरण गर्न नपाइने ।

    • काठमाडौंमा अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्र स्थापना गरिने ।

    • २०८८ सम्म पेट्रोलियम सवारी साधनलाई विद्युतीय गाडीले विस्थापन गर्ने ।

    • पर्यटन क्षेत्रमा २८ अर्ब २७ करोड बजेट विनियोजन । यो चालु आर्थिक वर्षको भन्दा १ अर्ब ३५ करोड बढी हो ।

    • शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने ।

    • साल्ट ट्रेडिङसँग र खाद्य कम्पनीबाट ग्यास र खाद्यान्न किन्दा २० प्रतिशत छुट ।

    प्रकाशित मिति :जेठ १५ २०७८ शनिवार - १८:१६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij