Logo

२०८३ बैशाख २९ गते मंगलवार

२०८३ बैशाख २९ गते मंगलवार

नेको इन्स्योरेन्सको नाफा १६ करोड ३९ लाख, बीमा कोषको आकार ४५.१४ प्रतिशत

नेको इन्स्योरेन्सको नाफा १६ करोड ३९ लाख, बीमा कोषको आकार ४५.१४ प्रतिशत


  • 589
    Shares

    नेको इन्स्योरेन्सको नाफा १६ करोड ३९ लाख, बीमा कोषको आकार ४५.१४ प्रतिशत

    काठमाडौं । नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास (साउन-चैत) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा १६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

    अघिल्लो आर्थिक वर्ष अवधिसम्म कम्पनीले ३६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५५.६१ प्रतिशतले घटेको छ।

    कम्पनीको बीमा कोषमा ५ अर्ब १३ करोड ६७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको बीमा कोषमा ३ अर्ब ५३ करोड ९१ लाख रुपैयाँ रहेको थियो। बीमा कोषको आकार ४५.१४ प्रतिशतले बढेको छ। कम्पनीले २ अर्ब १२ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क १.६४ प्रतिशतले घटेको छ।

    चुक्तापुँजी २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्ममा शेयर प्रिमियममा ११ करोड १७ लाख रुपैयाँ, स्पेसल रिर्जभमा २ अर्ब ३४ करोड ४६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १७ करोड २ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३७ करोड रुपैयाँ र अन्य इक्विटीमा ४१ करोड ६२ लाख रुपैयाँ रहेको छ। 

    कम्पनीले १ अर्ब २२ करोड ७० लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ०.०७ प्रतिशतले घटेको छ। कम्पनीको प्रतिशेयर आम्दानी घटेर १७।७४ रुपैयाँ कायम भएको छ भने पीई रेसियो ३६.०७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २२३.११ रुपैयाँ रहेको छ।

     

     

    images
    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - १६:१९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij