Logo

२०८३ बैशाख २९ गते मंगलवार

२०८३ बैशाख २९ गते मंगलवार

आगामी वर्षको बजेट सिलिङ १८ खर्ब ९० अर्ब

आगामी वर्षको बजेट सिलिङ १८ खर्ब ९० अर्ब


  • 386
    Shares

    आगामी वर्षको बजेट सिलिङ १८ खर्ब ९० अर्ब

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८३\८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा तोकिएको छ। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले मंगलबार बसेको अर्थ समितिको बैठकमा यसबारे जानकारी दिएका हुन्।

    राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षको स्रोत र खर्चको आवश्यकतालाई ध्यानमा राखेर यो सिलिङ तय गरेको सचिव उपाध्यायले बताएका छन् । सचिव उपाध्यायका अनुसार तोकिएको १८ खर्ब ९० अर्बको सिलिङभित्र रहेर बजेट बनाउन विभिन्न मन्त्रालय र निकायहरूलाई सीमा पठाइसकिएको छ।  

    चालु आर्थिक वर्षको खर्च र राजस्वको अवस्था कमजोर रहेकै बेला आगामी वर्षको बजेटको तयारी भइरहेको छ। सचिव उपाध्यायले प्रस्तुत गरेको विवरणअनुसार चालु वर्षमा हालसम्म पुँजीगत खर्च जम्मा २६ प्रतिशत मात्र भएको छ भने राजस्व सङ्कलन लक्ष्यको ६० प्रतिशत ९८ खर्ब ८६ अर्ब० मात्र पुगेको छ ।

    यस्तो चुनौतीपूर्ण अवस्थामा आगामी बजेटलाई कसरी नतिजामुखी बनाउने भन्नेमा मन्त्रालय केन्द्रित रहेको उनले बताएका छन् । आगामी बजेटमा नयाँभन्दा पनि पुराना र अधुरा आयोजनालाई सम्पन्न गर्ने र उत्पादनशील क्षेत्रलाई जोड दिने सरकारको रणनीति छ । 

    अर्थ सचिव उपाध्यायले मन्त्रालयले खर्च कटौतीका लागि ३९ वटा अनावश्यक संरचना र ३०० भन्दा बढी दरबन्दी खारेज गरेको जानकारी पनि दिएका छन् ।

     

    images
    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - १२:१७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij