Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पाकिस्तानमा प्रहरी चौकीमा भिषण हमलाः १५ प्रहरीको मृत्यु

पाकिस्तानमा प्रहरी चौकीमा भिषण हमलाः १५ प्रहरीको मृत्यु


  • 2.0K
    Shares

    पाकिस्तानमा प्रहरी चौकीमा भिषण हमलाः १५ प्रहरीको मृत्यु
    images

    काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा एक प्रहरी चौकीमा आतंककारी आक्रमण हुँदा १५ प्रहरीको मृत्यु भएको छ। बन्नु मेडिकल एण्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानले मृतकको संख्या पुष्टि गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। 

    नोमानका अनुसार ज्यान गुमाउने सबै प्रहरी कर्मचारी हुन्। यसबाहेक, तीन जना घाइतेलाई पनि अस्पताल ल्याइएको छ, जसको अवस्था खतरामुक्त रहेको बताइएको छ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार बन्नु सहरको बाहिरी इलाकामा रहेको प्रहरी चौकीमा विस्फोटक पदार्थ भरिएको गाडी ठोक्किएको थियो। एक सुरक्षा अधिकारीले विस्फोटपछि कट्टरपन्थीहरु चौकीभित्र पसेर प्रहरीमाथि गोली प्रहार गरेको दाबी गरेका छन्।

    प्रकाशित मिति :बैशाख २७ २०८३ आइतवार - १६:०५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij