Logo

२०८३ बैशाख २५ गते शुक्रवार

२०८३ बैशाख २५ गते शुक्रवार

हिमालयन लाइफद्वारा ४०९ जना विद्यार्थीलाई स्कुल ब्याग हस्तान्तरण

हिमालयन लाइफद्वारा ४०९ जना विद्यार्थीलाई स्कुल ब्याग हस्तान्तरण


  • 596
    Shares

    हिमालयन लाइफद्वारा ४०९ जना विद्यार्थीलाई स्कुल ब्याग हस्तान्तरण

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी प्रादेशिक कार्यालय बागलुङद्वारा देविस्थान माध्यमिक विद्यालयका ४०९ जना विद्यार्थीलाई स्कुल ब्याग हस्तान्तरण गरिएको छ।

    निसीखोला गाउँपालिका-१ स्थित देविस्थान माध्यमिक विद्यालयका कक्षा नर्सरीदेखि कक्षा ११ सम्म अध्ययनरत सबै विद्यार्थीलाई झोला उपलब्ध गराइएको विद्यालयका प्रधानाध्यापक झक बहादुर क्षेत्रीले बताएका छन् ।

    हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका सहायक कार्यकारी प्रमुख हरि प्रसाद ढुङ्गाना, प्रादेशिक प्रमुख गणेश धमला, उप-प्रादेशिक प्रमुख बलराम गौतम, बुर्तिबाङ शाखा प्रमुख प्रेमराज पौडेल लगायतको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको हो।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरत पुन मगरको अध्यक्षता, निसीखोला गाउँपालिका वडा नम्बर १ का अध्यक्ष चन्द्रसिंह रामजालीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अभिभावक र स्थानीय जनप्रतिनिधिको रोहबरमा वितरण गरिएको जनाइएको छ।

     

    images
    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - १६:५६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij