Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

चौतर्फी विरोधबीच आजै अध्यादेशबाट बजेट सार्वजनिक गर्दै ओली सरकार

चौतर्फी विरोधबीच आजै अध्यादेशबाट बजेट सार्वजनिक गर्दै ओली सरकार


  • 9.9K
    Shares

    चौतर्फी विरोधबीच आजै अध्यादेशबाट बजेट सार्वजनिक गर्दै ओली सरकार

    काठमाडौँ । चौतर्फी विरोधका बीच सरकारले अन्ततः अध्यादेशबाटै आज पूर्ण आकारको बजेट सार्वजनिक गर्ने भएको छ।

    प्रतिनिधिसभा नरहेको अवस्थामा जेठ १५ मा नै बजेट ल्याउन जरूरी नरहेको भन्दै विपक्षी दलहरू र विज्ञहरूले विरोध गरे पनि सरकारले आज अपराह्न ४ बजे बजेट सार्वजनिक गर्ने तयारी गरेको हो ।

    अध्यादेशमार्फत आउन लागेको आउँदो आर्थिक वर्ष २०७८/७९ को बजेटमा चुनावमा मतदाता आकर्षित गर्ने खालको कार्यक्रम ल्याउने हो कि भन्ने आशंका विपक्षीहरूले गरिरहेका छन् । तर सरकारले भने देशमा महामारी व्याप्त रहेकाले कोरोना नियन्त्रणसँग केन्द्रित कार्यक्रम ल्याउन लागेको संकेत गरेको छ ।

    छुट्टै नीति तथा कार्यक्रम नै प्रस्तुत नगरे पनि प्रधानमन्त्री केपी शर्मा ले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनमा बजेट स्वास्थ्य केन्द्रित हुने संकेत गरेका छन् ।

    प्रतिनिधिसभा नियमावलीमा बजेट प्रस्तुत गर्नुअघि संसदको दुवै सदनमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने उल्लेख छ । तर प्रतिनिधिसभा नै नरहेपछि उक्त नियमावली पनि मिचिएको छ ।

    संसदका दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट अर्थमन्त्री विष्णु पौडेलले अपराह्न चार बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम छ ।

    अध्यादेशमार्फत बजेट नल्याउन पूर्वअर्थमन्त्री, पूर्वप्रधानन्यायाधीश, योजना आयोगका नौ जना पूर्व उपाध्यक्ष, पूर्वप्रमुख निर्वाचन आयुक्तलगायतले आग्रह गरेका थिए ।

    प्रकाशित मिति :जेठ १५ २०७८ शनिवार - ०९:४०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij