Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


  • 911
    Shares

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
    images

    प्रधानन्यायाधीश सिफारिसमा आलो च भएपछि बालेनले बोलाए मन्त्रिपरिषद् बैठक   आज (शुक्रबार) मन्त्रिपरिषद्‌को बैठक बस्दै छ। 

    प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार बैठक अब केही बेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु हुनेछ। संवैधानिक परिषद्‌ले प्रधानन्यायाधीश सिफारिस गरेको भोलिपल्टै प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक राखेका हुन्। 

    प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष शाहको अध्यक्षतामा बिहीबार बसेको बैठकले सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको छ।

    पहिलो वरीयतामा रहेका कायमुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, दोस्रो वरीयतामा रहेका न्यायाधीश कुमार रेग्मी र तेस्रो वरीयतामा रहेका न्यायाधीश हरिप्रसाद फुयाललाई छाडेर चौथो नम्बरका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरिएको भन्दै विपक्षी दलहरूले विरोध गरिरहेका छन्। 

    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - १२:३६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij