२०८३ बैशाख २४ गते बिहिवार
काठमाडौं । सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलले आजदेखि १ अर्ब रुपैयाँ बराबरको ‘सानिमा इक्विटी फन्ड-२’ नामक बन्द मुखी योजना बिक्रीमा ल्याएको छ । १० करोड इकाई निष्कासन गरिएको यो फन्ड सानिमा क्यापिटलको चौथो बन्द मुखी योजना हो ।
जसको प्रति इकाई मूल्य १० रुपैयाँ तोकिएको छ । बजारमा पर्याप्त तरलता भएको र विगतको उत्कृष्ट व्यवस्थापकीय रेकर्डका कारण यो फन्ड ४ कार्य दिनभित्रै सफलतापूर्वक बिक्री हुनेमा कम्पनी पूर्ण रूपमा विश्वस्त देखिएको छ ।
निष्काशन गरिने कुल इकाईमध्ये न्यूनतम १ करोड ३० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १३ प्रतिशत इकाई कोष प्रबर्द्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।
सो फण्डको इकाई खरिदका लागि बैशाख २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति जेठ ७ गतेसम्म लम्बिने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij