२०८३ बैशाख २४ गते बिहिवार
काठमाडौं । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्दाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४४ वर्षीय प्रेम मगर रहेका छन् । उनलाई बुधबार पक्राउ गरिएको हो । मगरलाई उदयपुर जिल्ला अदालतको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद सजाय तोकेको थियो ।
फैसला कार्यान्वयनको लागि उदयपुर जिल्ला अदालत बुझाउने तयारी भइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij