Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अस्ट्रेलियन डलरको मूल्य लगातार वृद्धि, आज कुन विदेशी मुद्राको भाउ कति ?

अस्ट्रेलियन डलरको मूल्य लगातार वृद्धि, आज कुन विदेशी मुद्राको भाउ कति ?


  • 1.5K
    Shares

    अस्ट्रेलियन डलरको मूल्य लगातार वृद्धि, आज कुन विदेशी मुद्राको भाउ कति ?
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको विनिमयदर स्थिर छ। 

    अस्ट्रेलियन डलरसहित कतिपय मुद्रा भने महँगिएका छन्। युरो, पाउन्डसहित केही विदेशी मुद्राको विनिमयदर भने घटेको राष्ट्र बैंकले जनााएको छ। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। विगत तीन दिनदेखि अमेरिकी डलरको विनिमयदर यही मूल्यमा स्थिर रहँदै आएको छ।

    त्यसैगरि आज युरो १ को खरिददर १७७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा छ। हिजो युरो १ को खरिददर १७८ रुपैयाँ १६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८६ पैसा थियो। 

    आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५६ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ३९ पैसा र बिक्रीदर २०७ रुपैयाँ २१ पैसा थियो। 

    आज अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा थियो। 

    त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४९४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ०४ पैसा छ। विगत पाँच दिनदेखि कुबेती दिनारको विनिमयदर यही मूल्यमा स्थिर छ। 

    आज बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९४ पैसा छ। हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो। 

    यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

    वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

    हेर्नुहोस् सबै मुद्राको विनिमय दर

    Screenshot_2026-05-04_051400_DU8E9zQMdT.png

    प्रकाशित मिति :बैशाख २१ २०८३ सोमवार - ०६:३२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij